२९ आश्विन २०८३, बिहिबार

उद्योगमन्त्री लेखराज भट्टलाई टाउको काट्ने धम्की

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई टाउको काट्ने धम्की आएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौतालाई समर्थन नगर्न चेतावनी दिँदै टाउको काट्ने धम्की आएको मन्त्री भट्टले बताएका छन् ।

बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको दाबी गरेका हुन् ।

टेलिफोन सम्वादमा भएका शब्द हुबहु यही हो भन्दै मन्त्री भट्टले समितिमा भने, ‘तैंले एमसीसी सम्झौताको समर्थन गरिस् भने तेरो टाउको काटिन्छ भनेका छन् ।’

फोन गरेर धम्की दिने ति व्यक्तिलाई मन्त्री भट्टले सम्झौता पढ्न आग्रह गर्दा, पढ्नु परेको छैन । तर, समर्थन नगर्ने भनेपछि सकियो ! भन्दै हप्कीदप्की गरेको उनले समितिमा सुनाए ।