शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार

दैनिक नेपाल २०७७ साउन १५ गते १०:१८

न्युयाेर्क, १५ साउन । अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार पार भएको छ ।

रोयटर्समा प्रकाशित समाचारका अनुसार मृतक संख्या १ लाख ५० हजार नाघेको अमेरिकामा पछिल्ला ११ दिनमा मात्रै कोरोनाका कारण १० हजार बढी मानिसको मृत्यु भएको छ ।

कोरोनाको महामारी सुरू भएपछि अमेरिकाले कोरोनाका कारण कम्तीमा २ लाख ४० हजार अमेरिकीले ज्यान गुमाउने अनुमान गरेको थियो भने जुलाई १४ मा उसले नोभेम्बर १ सम्ममा २ लाख २४ हजार मानिसको मृत्यु हुने बताएको थियो ।

अमेरिकामा पछिल्लो समय अर्थ व्यवस्थालाई लयमा फर्काउन भन्दै संक्रमणदर लकडाउन खोल्न आवश्यक आधारमा नपुगी खोल्न सुरू गरिएको थियो। पछिल्लो समय अमेरिकामा बढिरहेको संक्रमण र मृत्यु यसै कारण भएको मानिएको छ ।

अमेरिकामा मास्क प्रयोग र सामाजिक दूरी कायम गर्ने कुरामा त्यहाँका नागरिकहरूमा देखिएको अरूचिले पनि कोरोना फैलिएको छ । वर्ल्डमिटरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले २४ घण्टाको अवधिमा ६६ हजार बढी संक्रमित थपिएका छन् भने १४ सय बढीको मृत्यु भएको छ ।

अमेरिका विश्वमा कोरोनाबाट सर्वाधिक प्रभावित मुलुक हो । त्यहाँ हालसम्म ४५ लाख बढी मानिसलाई संक्रमण भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित