बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

पर्सामा कोरोनाबाट थप एक जनाको मृत्यु

दैनिक नेपाल २०७७ साउन १४ गते १८:४७

काठमाडौँ, १४ साउन । पर्साका थप एक जना कोरोना संक्रमित मृत्यु भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पताल, अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा उपचार गराइरहेका संक्रमित वृद्धको मृत्यु भएको हो ।

वीरगन्ज वडा नम्बर ७ निवासी ६८ वर्षका वृद्ध गत बुधबार अस्पतालमा भर्ना भएका थिए । एक हप्ताको उपचारपछि उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिएका छन् ।

योसहित पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । त्यस्तै, देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित