२ कार्तिक २०८३, सोमबार

रियल मड्रिडका स्ट्राइकर मारियानोलाई कोरोनाको संक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १४ साउन । स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्ट्राइकर मारियानोलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

रियल मड्रिडले मंगलबार वक्तव्य जारी गरेर मारियानोमा संक्रमण देखिएको बताएको हो ।

२६ वर्षका उनको स्वास्थ्य अवस्था राम्रो रहेको रियल मड्रिडले उल्लेख गरेको छ । उनी घरमै आइसोलेशनमा रहेको पनि रियल मड्रिडले जानकारी दिएको छ ।

जुलाई २९ मा लेगानेससँग भएको ला लिगा अन्तर्गतको सिजनको अन्तिम खेलमा थप खेलाडीका रुपमा राखिएका थिए, तर प्रयोग भएनन् ।

रियल मड्रिडले आउँदो अगस्ट ७ मा च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने छ ।