शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्रशिक्षक जर्गेन क्लोपलाई एलएमए अवार्ड

दैनिक नेपाल २०७७ साउन १३ गते ९:५४

लण्डन, १३ साउन । लिभरपुललाई ३० वर्षपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि दिलाएका प्रशिक्षक जर्गेन क्लोपले एलएमए अवार्ड पाएका छन् ।

लिग म्यानेजर्स् एसोसिएसनले वर्षको उत्कृष्ट लिग प्रशिक्षकलाई प्रदान गर्ने अवार्ड यो पटक क्लोपले पाएका हुन् ।

हालै एमा हेजले एफए वुमन्स सुपर लिग म्यानचेर अफ द यअर अवार्ड प्राप्त गरेकी थिइन् । उनले चेल्सीलाई उपाधि दिलाएकी हुन् ।

लीड्स युनाइटेडका प्रशिक्षक मार्सेलो बिएल्साले च्याम्पियनसिप अवार्ड जितेका छन् । उनले लीड्सलाई च्याम्पियनसिपको उपाधिसँगै इंग्लिस प्रिमियर लिगमा बढुवा गराएका हुन् ।

एलएमए अवार्डको विजेताका रुपमा क्लोप्पको नाम घोषणा गर्दै स्काई स्पोर्टसमा म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्ग्युसनले भने, ‘यो अवार्डका लागि क्लोप्प पूर्णरुपले योग्य छन् । लिभरपुलको प्रदर्शन तह अति उत्कृष्ट थियो । क्लोप्पको व्यक्तित्वले पनि क्लबलाई राम्रो दिशामा लग्यो ।’

क्लोप्पको टिम लिभरपुलले यो सिजन ९९ अंकसहित उपाजित जित्यो । उ दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा १८ अंकले अघि रहेको थियो ।

क्लोप्पले अवार्ड पाउँदा खुशी रहेको र त्यो भन्दा खुशी आफूले जहिले आदर–सम्मान गर्ने व्यक्ति सर एलेक्स फर्ग्युसनबाट घोषणा हुँदा त्यो भन्दा धेरै आनन्दित भएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित