शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

युभेन्टसलाई दुई खेल अगावै नवौं पटक इटालियन सिरी एको उपाधि पक्का

दैनिक नेपाल २०७७ साउन १२ गते ७:४८

लण्डन, १२ साउन । युभेन्ट्सले लगातार नवौं पटक इटालियन सिरी एको उपाधि पक्का गरेकाे छ ।

जारी सिजनअन्तर्गत गएराति भएको खेलमा साम्पडोरियालाई २-० ले पराजित गर्दै युभेन्टसले दुई खेल अगावै उपाधि पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डसीले एक-एक गोल गरे ।

पहिलो हाफको इन्जुरी टाइममा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा बर्नाडेसीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारेका छन् ।

७७औं मिनेटमा मोर्टेन तोर्सबीले रातो कार्ड पाएपछि साम्पडोरिया दश खेलाडीमा झरेको थियो । ८९औं मिनेटमा युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो तर रोनाल्डो गोल गर्न चुके । उनको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

जितपछि ३६ खेलबाट ८३ अंक जोडेको युभेन्टसले दुई खेल अगावै लिग उपाधि पक्का गरेको हो । समान खेलबाट ७६ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित