बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

काठमाडौंका ८ सहित १३० जना नयाँ संक्रमित थपिए

दैनिक नेपाल २०७७ साउन ११ गते १७:००

काठमाडौं, ११ साउन । पछिल्लो २४ घण्टामा काठमाडौंका ८ सहित १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप ८ जनासहित १३० जनामा कोरोना संक्रमण भएको पुष्टि गरे ।

नियमित प्रेस व्रिफिङमा डा. गौतमले पछिल्लो २४ घण्टामा थपिएकासहित कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको जानकारी दिए ।

मन्त्रालयले मुलुकभर सक्रिय संक्रमित ५ हजार ४४० जना रहेको जानकारी दिएको छ ।

जसमध्ये प्रदेश १ मा १८६ जना, प्रदेश २ मा १ हजार ८७३ जना, बागमती प्रदेशमा ४४४ जना, गण्डकी प्रदेशमा २९४ जना, प्रदेश ५ मा ३५८ जना, कर्णाली प्रदेशमा ३६६जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ९१८ जना संक्रमित रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित