शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

वीरगञ्जमा आरडिटी पोजिटिभ देखिएका बृद्धको अस्पतालमा मृत्यु, पिसीआर रिपोर्ट आउन बाँकी

दैनिक नेपाल २०७७ साउन ११ गते १०:३८

वीरगञ्ज, ११ साउन । कोरोना भाइरस संक्रमणको आरडिटी रिपोर्ट पोजिटिभ देखिएका ६५ बर्षिय बृद्धको आइतबार वीरगञ्ज स्थित गण्डक अस्पतालमा मृत्यु भएको छ ।

गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज आदर्शनगरका वृद्धको बिहान उपचारका क्रममा मृत्यु भएको हो । मधुमेह र मुटुरोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि  शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो ।

उनको पीसीआर परीक्षणको रिपोर्ट आइसकेको छैन । शनिबार साँझ आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएपछि उनलाई गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित