शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

पूर्वडिआईजी कोइरालाको मुद्दा सर्वोच्चका तीन न्यायाधीशको बेञ्चमा

दैनिक नेपाल २०७७ साउन ११ गते १०:२९

काठमाडौं, ११ साउन । सर्वोच्च अदालतले कैद घटाउनेगरी गरेको पूर्वडिआईजी रञ्जन कोइरालाको फैसलाको पुनरावलोकन निवेदनमाथि आइतबार तीन न्यायाधीशको इजलास बस्ने भएको छ ।

मुद्दा न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासले उक्त निवेदन उपर सुनुवाई गर्ने भएको हो ।

आफैंले गरेको फैसला भएका कारण यसको पेशी तोक्ने अधिकार प्रधानन्यायाधीशलाई नहुने संविधानका जानकारहरुले बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले पूर्वडीआईजी कोइरालाको मुद्दाको सजायँ कटौती गर्ने फैसला सुनाएको थियो । जुन विवादीत बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित