शनिबार, १० साउन २०७७
DainikNepal.com
शनिबार, १० साउन २०७७

पिएसजीले जित्याे फ्रेन्च कप फुटबलको उपाधि

दैनिक नेपाल २०७७ साउन १० गते १०:४७

लण्डन, १० साउन । पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा १० खेलाडीमा सीमित भएको सेन्ट–इटिएनलाई १–० ले पराजित गरेर पिएसजीले उपाधि जितेको हो ।

घरेलु मैदानमा भएको खेलमा नेइमारले १४ औँ मिनेटमा गरेको गोल नै पिएसजीलाई उपाधि दिलाउन पर्याप्त भयो । ३१ औँ मिनेटमा लोइक पेरिनले सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि सेन्ट–इटिएन १० खेलाडीमा सीमित भयो ।

पिएसजीले १३ औँ पटक कपको उपाधि जितेको हो । यो खेलका लागि रंगशालामा केही दर्शकलाई उपस्थित हुन स्वीकृति दिइएको थियो ।

गएको अप्रिलमा कोरोना भाइरसको महामारीका कारण लिग टुंगिएपछि फ्रान्समा भएको यो पहिलो खेल हो ।

यो खेलमा केलियन एमबाप्पे चोटग्रस्त भएर मैदानबाट बाहिरिन बाध्य भए। रुँदै मैदानबाट बाहिरिएका एमबाप्पेलाई उपाधिको खुशीले केही राहत दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित