शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

राजस्थानका राज्यपालसँग विधानसभाको सत्र बोलाउन राहुल गान्धीकाे माग

दैनिक नेपाल २०७७ साउन १० गते १०:४२

नयाँदिल्ली, १० साउन । भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले राजस्थानका राज्यपाललाई विधानसभाको सत्र बोलाउन आग्रह गरेका छन् । शुक्रबार अबेर राति राहुल गान्धीले ट्वीट गरेर यस्तो माग गरेका हुन् ।

राहुल गान्धीले ट्वीटमा लेखेका छन्, ‘राजस्थानमा सरकार ढाल्न भाजपाले षडयन्त्र गरिरहेको स्पष्ट छ । यो राजस्थानका ८ करोड जनतामाथि अपमान हो । राज्यपाल महोदयले विधानसभाको सत्र बोलाउनु पर्छ ताकि सत्यता देशका नागरिक सामु आओस् ।’

राजस्थानको राजनीतिक संकटले दैनिक नयाँ रुप लिँदै आएको छ । कांग्रेस भित्रको गटबन्दी तथा पूर्व उपमुख्यमन्त्री सचिन पायलटको बिद्रोहबाट सुरु भएको सत्ता संकट सर्वोच्च अदालतसम्म पुगेको छ ।

यहिबिचमा शुक्रबार मुख्यमन्त्री अशोक गहलोत र राज्यपाल कलराज मिश्रबिच तनावको अवस्था देखियो । राजस्थान विधानसभाको सत्रलाई लिएर सत्तारुढ कांग्रेस र राजभवनबिचको मतभेद उच्च भएको छ ।

सत्तारुढ कांग्रेसका विधायकले शुक्रबार राजभवनमा धर्ना दिए, त्यसप्रति राज्यपाल कलराजले आपत्ती जनाएका छन् ।

मुख्यमन्त्री गहलोटले राजभवन जानु पूर्व संविधान विरोधी काम भएमो राजभवन जनताले घेर्ने बताएका थिए । यसप्रति पनि राज्यपाल मिश्रले असन्तोष व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित