बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

आसाममा बाढीले ९३ जनाको मृत्यु, २५ लाख मानिस प्रभावित

दैनिक नेपाल २०७७ साउन ९ गते १४:२८


काठमाडौँ, ९ साउन । भारी वर्षापछि आएको बाढीले भारतको उत्तरपूर्वी राज्य आसाम कम्तीमा पनि ९३ जनाको ज्यान गएको छ ।

यस राज्यमा गएको हप्तादिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आएको र जनधनको ठूलो क्षति भएको यहाँका अधिकारीहरूले बताएका छन् ।

आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार आज बिहानसम्म यहाँ ९३ जनाको ज्यान गएको छ। बाढीमा कोही बगेर र केहीको डुबेर मृत्यु भएको हो ।

यहाँका २५ लाख मानिस नराम्ररी प्रभावित भएका पनि सो विभागले जनाएको छ । उनीहरु घरबास छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने अवस्था आएको बताइएको छ ।

बाढीबाट कम्तीमा २६ जिल्ला प्रभावित भएको बताइएको छ । वर्षा अझै नरोकिएको र खतरा पनि नटरेको बताइएको छ । रासस/एएनआई

प्रतिक्रिया
सम्बन्धित