शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कोरोना भाइरस : सिल गरेको भनिएको बिराट नर्सिङबाट धमाधम बिरामी डिस्चार्ज !

२४ घन्टा बित्न लाग्दा पनि उपस्थित कम्तिमा १५० कर्मचारी, विरामी र कुरुवाको पिसीआर परिक्षणको कुनै चाँजोपाँजो छैन

दैनिक नेपाल २०७७ साउन ९ गते ८:४६

बिराटनगर, ९ साउन । सञ्चालक डा. ज्ञानेन्द्र कार्कीलाई नै कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि सिल गरिएको बताइए पनि बिराटनगर मुनालपथस्थित बिराट नर्सिङ होमबाट धमाधम बिरामीलाई डिस्चार्ज गरिएको छ ।

डाक्टरमा नै संक्रमण पुष्टि भएपछि बिरामीको कोरोना परिक्षण गर्नुपर्ने अनिवार्य देखिए पनि नर्सिङ होममा रहेका बिरामीलाई डिस्चार्ज गरिँदा समुदायमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको बताइएको छ ।

सोही नर्सिङ होममा एक जना बिरामी लिएर पुगेका सर्वसाधारणका अनुसार असुरक्षित हिसाबले यसरी डिस्चार्ज गरिँदा समुदायमा कोरोना फैलन सक्ने जोखिम बढेको हो ।

विहीबार रातीसम्म घर जान चाहने बिरामी र कुरुवालाई नर्सिङ होमले डिस्चार्ज गरेको थियो । घर जान नचाहेका र पिसीआर परिक्षण गर्नैपर्ने अडानमा रहेकाहरू भने नर्सिङ होममा छन् ।

विहीबार दिउँसो नै नर्सिङ होमका सञ्चालक डाक्टरमा नै कोरोना भाइरस पुष्टि भएको पत्ता लागे पनि हालसम्म अन्यको पिसीआर परिक्षणका लागि स्वाब संकलनको काम हुन सकेको छैन । कम्तिमा एक सय ५० जना कर्मचारी, विरामी र कुरुवा नर्सिङ होममा छन् ।

प्रतिक्रिया
सम्बन्धित