२ कार्तिक २०८३, सोमबार

युभेन्टस इटालियन सिरि ए फुटबलमा उडिनेजसँग पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ९ साउन । शीर्ष स्थानमा रहेको युभेन्टस इटालियन सिरि ए फुटबलमा उडिनेजसँग पराजित भएको छ। यो पराजितसँगै युभेन्टसले लिगको उपाधि जित्न अझै कुर्नु पर्ने भएको छ।

बिहीबार राति भएको खेलमा घरेलु टोली उडिनेजसँग युभेन्टस २–१ गोलअन्तरले पराजित भएको हो। उडिनेजको जितमा इलिज नेस्टोरोभस्की र सेको फोफनाले गोल गरे। युभेन्टसका लागि माथिस डि लिग्टले गोल गरे।

सुरुवाती अग्रता युभेन्टसले लिए पनि आफ्नो अग्रतालाई जोगाउन नसक्दा हार्न पुग्यो। खेलको ४२औं मिनेटमा डि लिग्टले गोल गर्दै युभेन्टसलाई पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाए। तर दोस्रो हाफमा दुई गोल खाँदै युभेन्टस पराजित हुन पुगेको हो।