
जनकपुर, ८ साउन । हत्या गरी फरार रहेका अभियुक्त पक्राउ अभियानमा प्रदेश २ प्रहरी प्रमुख नायव महानिरिक्षक (डिआईजी) धीरजप्रताप सिंहको निर्देशनले अर्को फड्को मारेको छ ।
१६ असारमा सिरहा नगरपालिका–१४ मा कार्यरत सशस्त्र प्रहरी बलका एक जना जवानको हत्याको अभियोग लागेका फरार तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्टमा कार्यरत मनोहर कुमार यादवलाई नहरमा डुबाएर हत्या गर्ने सिरहा–३ मखाहा टोलका २५ बर्षिय जयकेश कुमार यादव, २० बर्षिय मंगला भनिने दिपेश कुमार यादव र २द्द बर्षिय बुलना भनिने मुकेश कुमार यादवलाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी जवान मनोहर मृत अवस्थामा फेला परेपछि घटनाबारे अनुसन्धान गर्दा हत्या गरिएको खुलेको थियो । अभियुक्तहरु फरार रहेका थिए ।

सिरहा–३ मखनाहा बस्ने विन्दी यादवको छोरीको बिहेमा भएको सामान्य विवादका क्रममा अभियुक्त तीनै जनाले चोर चोर भनी लेखेटर सशस्त्र जवानलाई डुबाएर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको थियो । ६ साउनमा अभियुक्तलाई नियन्त्रणमा लिई कानुनी कारबाही प्रक्रिया बढाइएको छ ।
‘जघन्यदेखि सामान्य अपराध गरी फरार रहेकालाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउने अभियान चलाइएको छ, यसले प्रदेशभित्र अपराधका अन्य सम्भावित घटनामा समेत कमी ल्याउने उद्देश्य हो’, प्रदेश प्रहरी प्रमुख डिआईजी सिंह भन्छन्,‘प्रदेश प्रहरी कार्यालयको निर्देशन र समन्वयमा यो अभियान जारी रहन्छ ।’
हत्यालगायतका विविध जघन्य अपराध गरी फरार रहेकाको सूची नै तयार पारी प्रदेश प्रहरी कार्यालयमार्फत सिंहको निर्देशन माथाहतका सबै कार्यालयमा पठाइएको छ । अपराध नियन्त्रणका निम्ति सिंह अब्बल प्रहरीका रुपमा परिचय स्थापित गर्ने सफल अधिकारी हुन् ।
‘यो अभियानलाई प्रभावकारी रुपमा चलाइन्छ । अहिले हरेक प्रहरी कार्यालयको समन्वय र सक्रियता प्रभावकारी छ’, सिंह भन्छन्,‘कतिपय फाइलबारे अहिले पनि मिहिनताका साथ अनुसन्धान र खोजी जारी छन् ।’















प्रतिक्रिया