शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

इंग्लिस प्रिमियर लिगको उपाधि ३० वर्षपछि लिभरपुलले उचाल्याे

दैनिक नेपाल २०७७ साउन ८ गते ७:४०

लण्डन, ८ साउन । लिभरपुलका कप्तान जोर्डन हेन्डर्सनले लगभग खाली रहेको एनफिल्ड मैदानमा बुधबार राति विशेष समारोहमा इंग्लिस प्रिमियर लिगको उपाधि उचालेका छन् ।

लिभरपुलले पछिल्लो ३० वर्षमा पहिलो पटक शीर्ष लिगको उपाधि जितेको हो । हेन्डर्सनले क्लबका लेजेण्ड सर केन्नी डगलिशबाट उपाधि प्राप्त गरेका हुन् ।

लिभरपुलले सन् १९९० मा उपाधि जित्दा डगलिश लिभरपुलको प्रशिक्षक थिए । बुधबार राति चेल्सीमाथि ५–३ को जित निकालेपछि भएको विशेष कार्यक्रमका बिच लिभरपुललाई प्रिमियर लिगको उपाधि प्रदान गरिएको हो ।

गएको जुन २५ मै सात खेल बाँकी हुँदा लिभरपुल प्रिमियर लिगको विजेता बन्ने पक्का भएको थियो। कप्तान हेन्डर्सनले लामो समयको पर्खाईपछि उपाधि पाएको र यो अति विशेष रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित