२ कार्तिक २०८३, सोमबार

इंग्लिस प्रिमियर लिगमा वाटरफाेर्ड म्यानचेस्टर सिटीसँग पराजित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ७ साउन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित हात पारेको छ। सिटीले रेलिगेसन जोनमा झरेको वाटफोर्डलाई ४-० गोलले पराजित गरेको हो ।

लिगमा दोस्रो स्थान हात पार्ने पक्का गरिसकेको सिटीका लागि स्टर्लिङले दुई गोल गरे । उनले खेलको ३१ मिनेटमा पहिलो गोल गरेका थिए । ४० मिनेटमा स्टर्लिङले टिम तथा व्यक्तिगत दोस्रो गोल गरे ।

सिटीले दोस्रो हाफमा थप दुई गोल गर्‍यो। उसका लागि फोडेनले ६३ मिनेटमा र लापोर्टेले ६६ मिनेटमा गोल गरेका थिए । आर्सनललाई १-० गोलले पराजित गर्दै एस्टन भिल्लाले रेलिगेसन जोन छाडेको छ ।

एस्टन भिल्लाका लागि ट्रेजेग्युटले २७ मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितपछि भिल्ला अन्तिम खेलअघि ३४ अंक जोडेर १७औं स्थानमा उक्लिएको छ । समान अंक रहेको वाटफोर्ड रेलिगेसन जोन १८औं स्थानमा झरेको छ ।