शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा इंग्ल्यान्ड विजयी

दैनिक नेपाल २०७७ साउन ६ गते ८:०३

लण्डन, ६ साउन । वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा घरेलु टिम इंग्ल्यान्ड विजयी भएको छ । सोमबार म्यानचेस्टरमा सकिएको दोस्रो टेस्टमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ११३ रनले पराजित गरेको हो ।

इंग्ल्यान्ड विजयी भएसँगै तीन खेलको सिरिजमा १-१ को बराबरी भएको छ। यसअघि पहिलो टेस्टमा वेस्ट इन्डिज विजयी भएको थियो।

सोमबार पाँचौ दिन इंग्ल्यान्डले दिएको ३१२ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको वेस्ट इन्डिज १९८ रनमै अलआउट भयो।

दोस्रो इनिङ्ग्समा वेस्ट इन्डिजका लागि ब्रुक्सले ६२ रन र ब्ल्याकउडले ५५ रन जोडेका थिए। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।

बलिङमा इंग्ल्यान्डका स्टुवार्ड बोर्डले ३ विकेट लिए भने वेन स्टोक्स, साम कुरान र क्रिस ओएक्सले २-२ विकेट हात पारे।

त्यसअघि दोस्रो इनिङमा इंग्ल्यान्डले ३ विकेटको क्षतिमा १२९ रन जोडेर इनिङ्ग्स समाप्तीको घोषणा गरेको थियो। दोस्रो इनिङ्ग्समा इंग्ल्यान्डका बेन स्टोक्सले ५७ बलमा नटआउट ७८ रन जोडे।

पहिलो इनिङमा इंग्ल्यान्डले ४६९ रन जोड्दा वेस्ट इन्डिज २८७ रनमा अलआउट भएको थियो।

पहिलो इनिङमा इंग्ल्यान्डका डोम सिब्लीले १२० रन र स्टोक्सले १७८ रनको योगदान दिएका थिए। दुवै इनिङमा उत्कृष्ट बलिङ र ब्याटिङ गरेका स्टोक्स प्लेयर अफ दि म्याच भए।

प्रतिक्रिया
सम्बन्धित