बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

साउन २१ देखि आन्तरिक र भदौ १ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा ल्याउन सिफारिस

दैनिक नेपाल २०७७ साउन ५ गते १६:१७

काठमाडौँ, ५ साउन । संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयले साउन २१ गतेदेखि आन्तरिक र भदौ १ देखि अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालनमा ल्याउन सिफारिस गरिएको छ ।

मन्त्रालयले हवाई सेवा खुलाउन उच्चस्तरीय समितिलाई सिफारिस गरेको हो ।

मन्त्रालयले सहसचिव बुद्धिसागर लामिछानेको संयोकजत्वमा गठित समितिले दिएको सुझावअनुसारै उच्चस्तरीय समितिलाई सिफारिस गरिएको हो ।

विमानस्थल खुलाउनुअघि सुरक्षा मापदण्डसम्बन्धी प्रोटोकल नागरिक उड्डयन प्राधिकरणले ल्याइसकेको छ । विमानस्थल सञ्चालनका लागि प्राधिकरणले विमान यात्रु, विमान कम्पनी, कर्मचारी, विमानस्थलका लागि सुरक्षाको मापदण्ड अपनाउन निर्देशिका जारी गरिसकेको छ ।

उक्त निर्देशिकाअनुसार कोभिड १९ संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, यात्रुको स्वास्थ्य स्थितिबारे जानकारी गराउन फर्म भर्नुपर्नेलगायत व्यवस्था गरिएको छ ।

प्राधिकरणको निर्देशिकाअनुसार ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या भएका, स्वाद तथा गन्ध थाहा नपाउने व्यक्तिले विमानमा यात्रा गर्न पाउने छैनन् ।

३८ डिग्री सेल्सियस वा १००.४ डिग्री फारेनहाइट वा सोभन्दा माथि तापक्रम भएका व्यक्तिले पनि विमानमा यात्रा गर्न पाउने छैनन् । यस्तै विमानस्थलमा प्रवेश गरेदेखि गन्तव्यमा नपुगेसम्म मेडिकल मास्कको प्रयोग गरिरहुनुपर्नेछ ।

मेडिकल मास्क प्रयोग नगर्नेलाई विमानस्थल प्रवेश गर्न नदिन प्राधिकरणले निर्देशन गरेको छ । सरकारले गत चैत ११ देखि लकडाउन लागु गरेदेखि चार्टर्ड उडानबाहेक हवाई सेवा बन्द छ ।

प्रतिक्रिया
सम्बन्धित