७ कार्तिक २०८३, शनिबार

नेकपाभित्र प्रधानमन्त्री ओली अडानबाट ब्याक नहुने एउटा गम्भिर सन्देशको अर्थ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्र जारी विवादका विषयमा विविध प्रकारका खबरहरू बाहिरिएका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अडानबाट किञ्चित ब्याक नहुने गम्भिर सन्देश सतहमा आएको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेता प्रधानमन्त्री ओलीको राजीनामा गराउन एकातिर बैठकमा छन् । अर्कातिर सहमति हुन पो सक्छ की भन्दै प्रचण्ड प्रधानमन्त्री ओलीसँग निरन्तर वार्तामा पनि छन् ।

स्थायी समितिको जारी बैठक रोकेर सचिवालयको बैठक समेत भयो तर सहमति हुन सकेको छैन । यहि बीचमा ओली आफ्नो अडानबाट टस न मस हुने सन्देश उनकी पत्नी राधिका शाक्यले केही दिन अघि बताएको भिडिओ बाहिर आएको थियो ।

सामाजिक सञ्जालमा शाक्यले बोलेको उक्त भिडिओले ओलीको धारणालाई प्रतिबिम्बित गरेको छ । उनले भनेकी छन्,‘हामीलाई आफन्त र साथीभाईले नेकपाको अहिलेको विवाद देखाएर चिन्ता लिएको विषयमा कुरा गर्छन्, हामीलाई कुनै चिन्ता छैन ।’

यतिमात्र होइन, ओलीले बाँसुरी बजाएको देखि अनेक प्रकारका गतिविधिका गलत हिसाबले व्याख्या गर्ने अन्य नेतालाईचाहिँ तनाव भएको शाक्यले बताएकी छन् । उनले भनेकी छन्,‘हामीलाई केही चाहिएको छैन, देशका लागि, भोलीका लागि उहाँ (प्रधानमन्त्री) खटिनु भएको छ । अन्य नेतालाईचाहिँ तनाव होला ।’

ओलीको राजीनामा गराउनका लागि अनेक ठाउँमा बैठक भएको सन्दर्भलाई उल्लेख गरेकी शाक्य जोड्छिन्,‘उहाँहरू पनि बुढो भइसक्नुभयो, त्यो बुढो दिमाग कति खियाएको होला ? यता गयो, उता गयो त्यो दिमाग कति खियाउनुपरेको होला ।’

शाक्यले साहित्यकार झमक घिमिरेसँग सम्बन्धित कार्यक्रममा दिएको उक्त अभिव्यक्तिले ओली कुनै पनि हालतमा अडानबाट व्याक नहुने प्रष्ट संकेत गरेको छ । कतिपयले शाक्यले दिएको उक्त बयान गम्भिर अर्थपूर्ण रहेको समेत टिप्पणी गरेका छन् ।