
काठमाडौँ, ४ साउन । तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक मधुसुदन सिलवाल बैंकिङ कसुरको मुद्दामा पक्राउ परेका छन् ।
आइतबार सिलवाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले २०७० सालमा परेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले उनलाई ३ वर्ष कैद र १ करोड जरिवानाको सजाय सुनाएको थियो ।
उक्त फैसलापछि उनी फरार थिए । ब्यूरोले उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।
सिद्धार्थ डेभलपमेन्ट पछि जनता बैंकसँग मर्ज भएको थियो भने अहिले जनता बैंक ग्लोबल आइएमई बैंकमा बिलय भएको छ ।















प्रतिक्रिया