५ कार्तिक २०८३, बिहिबार

पौडी खेल्दा डुबेर २ बालकको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ४ साउन । बझाङमा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ ।

तलकोट गाउँपालिकास्थित एक पोखरीमा डुबेर तलकोट ३ का ९ वर्षीय शोखान रोकाया र ८ वर्षीय सर्जन रोकाया रहेका छन् । जिल्ल प्रहरीका कार्यालयका अनुसार सिँचाइको लागि बनाइएको पोखरीमा डुबेर आइतबार साँझ उनीहरुको मृत्यु भएको हो ।

पोखरीमा डुबेर गम्भीर घाइते भएका उनीहरुलाई गाउँलेले उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।