५ कार्तिक २०८३, बिहिबार

बालविवाह गर्ने र गराउने ४ जना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

स्याङ्जा, ४ साउन । १७ वर्षीया किशोरीसँग बालविवाह गरेको अभियोगमा आँधीखोला गाँउपालिका १ बस्ने २४ वर्षीय नारायण प्रसाद तिवारी र बालविवाह गराउने कार्यमा संलग्न तिवारीकै बुवा, आमा समेत ४ जनालाई गत असार ३१ गते प्रहरीले पक्राउ गरेको छ ।

२०७७ असार २१ गते ती किशोरीलाई विवाह गरेको भन्ने किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई विवाह सम्बन्धी कसुर अन्तर्गत (बालविवाह) मुद्धा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।