
काठमाडौँ, ४ साउन । नेपालमा थप ५८ जनाले कोरोना जितेका छन् ।
यससँगै निको हुनेको संख्या ११ हजार ६ सय ९५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
त्यस्तै, ३ जिल्लामा पाँच सय भन्दा सक्रिय संक्रमित रहेका छ । मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा ५ सय जनाभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी, ८ जिल्लामा भोजपुर, पाँचथर, रसुवा, धनकुटा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला कोरोनामुक्त भएका छन् ।
हालसम्म देशभरबाट ६६ दशमलव २४ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका २७ प्रयोगशालामार्फत ३ हजार ७४१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा दुई लाख हजार जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।
हालसम्म देशभरका २२ हजार ६६२ क्वारेन्टिनमा रहेका छन् भने हजार जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।
देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया