५ कार्तिक २०८३, बिहिबार

आइतबार थप १५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ साउन । नेपालमा आइतबार थप १ सय ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशका २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्न जिल्लाका १ सय ५६ जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५० जनाको पीसीआर परीक्षणमा १ सय ५६ मा संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ ।  देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९२३ रहेको छ ।