२ कार्तिक २०८३, सोमबार

ओली-प्रचण्ड भेटवार्ता सुरु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ साउन । पार्टीको विवाद समाधानका लागि भन्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरू भएको छ ।

शनिबार दुई अध्यक्षबीच पार्टीको अधिवेशन मंसिरमा गर्ने सहमति भएको थियो । त्यसैको थप छलफलका लागि अहिले प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका बताइएको छ ।

शनिबारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको एकता महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गरेका थिए ।

अध्यक्ष प्रचण्डले ओलीको राजीनामाको विषय नउठाएकाले अध्यक्षहरुबीच सहमति भएको भन्दै नेता माधवकुमार नेपाललगायत भने चिढिएका छन् ।

शनिबारको बैठकमा पार्टीको विवाद सहमतिबाटै समाधान गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ ।