
काठमाडौँ, ४ साउन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अहिलेको अवस्थामा तत्काल सार्वजनिक यातायात नचलाउने निर्णय गरेको छ ।
महासंघले यातायात सञ्चालनसम्बन्धी परिपक्व कार्यविधि नबनेसम्म गाडी नचलाउने जनाएका छ ।
आफूहरु कार्यविधि बनाउनमा लागेको महासंघले जनाएको छ । गाडी खोल्ने भयो भनेर आएको समाचारमा सत्यता नभएको पनि महासंघले जनाएको छ ।
महासंघका अनुसार मजदुरको स्वास्थ्य सुरक्षा, कोरोना बिमा र गाडी रोक्ने निश्चित स्थान नतोकेसम्म गाडी नचलाउने जनाएको छ ।
यद्यपि राजधानीका सडकमा केही कम्पनीका गाडी तथा माइक्रो बसहरु चलेको देखिन थालेका छन् ।















प्रतिक्रिया