५ कार्तिक २०८३, बिहिबार

झापाको सीमावर्ती मलाह टोल नजिकै भारतीय र सशस्त्रबीच झडप, ४ राउण्ड हवाई फायर

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो ।

काठमाडौँ, ४ साउन । झापाको गौरीगञ्ज गाउँपालिकाको भारतीय सीमावर्ती क्षेत्रमा झडप भएको छ ।

शनिबार राती साढे ९ बजे गौरीगञ्ज गाउँपालिका–५ मलाहका टोल नजिकैको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा दुई जना प्रहरी घाइते भएका छन् ।

भारतीय गाउँबाट घरेलु हतियारसहित आएपछि भीड नियन्त्रणका लागि सशस्त्र प्रहरीले ४ राउण्ड हवाई फायर गरेको थियो ।

भारतीयले आक्रमण गर्दा २ जना सशस्त्र प्रहरी घाइते भएका सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार सीमा स्तम्भ १५२ नजिकै घटना भएको थियो ।

मलाह टोलबाट सशस्त्रमाथि आक्रमण गर्ने योजनाअनुसार आएको बताइएको छ । उनीहरु तस्कर समूह भएको हुनसक्ने बताइएको छ । लकडाउनसँगै प्रहरीले नाकामा कडाई गरेपछि तस्करको समूह योजनावद्ध रुपमा आक्रमणका लागि आएको प्रहरीले बताएको छ ।

घटनापछि दुवै पक्षबीच छलफल भइरहेको छ ।