२ कार्तिक २०८३, सोमबार

आर्सनल एफए कपको फाइनलमा प्रवेश

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ४ साउन । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि भिडन्त पक्का गरेकाे छ ।

वेम्वली स्टेडियममा शनिबार राति आर्सनलले सर्वाधिक १३ पटक एफए कपकाे उपाधि उचालिसकेकाे सिटीलाई २–० ले पराजित गरी फाइनल भिडन्त पक्का गरेकाे हाे ।

आर्सनलको जितमा दुवै गोल कप्तान पिएरे एमिरिक अवामेयाङले गरे ।

उपाधिका लागि अब आर्सनलले चेल्सी र म्यानचेस्टर युनाइटेडबीच आज राति हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।