५ कार्तिक २०८३, बिहिबार

झापाको कनकाईमा बन्यो कोसेली घर

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ३ साउन । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न झापाको कनकाई नगरपालिकास्थित जामनुखाडी सामुदायिक वन उपभोक्ता समितिले कोसेली घर निर्माण गरेको छ ।

स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीले हातले उत्पादन गरेका विभिन्न वस्तुलाई बजार उपलब्ध गराइ प्रवद्र्धन गर्ने उद्देश्यले कोसेली घरको निर्माण गरिएको हो ।

सो कोसेली घरमा जिल्लाका घरेलु तथा साना उद्यमीले उत्पादन गरेका क्रिष्टलका माला, हातले बुनेका झोला, डोको, डालो, डाकीलगायतका विभिन्न घरेलु उत्पादन राखिने जामनुखाडी सामुदायिक वन उपभोक्ता समितिकी सचिव मनिता राईले बताइन् । –रासस