
काठमाडौँ, ३ साउन । सत्तारुढ नेकपाको सचिवालय बैठकले स्थायी कमिटी बैठक बस्ने निर्णय गरेको छ ।
बैठकले स्थायी कमिटी बैठक आइतबार निर्धारित समयमा नै बस्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
यसअघि नै स्थायी कमिटी बैठक साउन ४ गते ३ बजेका लागि बोलाइएको छ ।
बैठकले नेपाली समाजको आवश्यकतालाई सम्बोधन गर्दै जनताले दिएको आदेश अनुसार नै काम गर्ने र पार्टीको संकटलाई निवारण गर्न थप छलफल जारी राख्ने निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।















प्रतिक्रिया