
डडेल्धुरा, ३ साउन । जिल्लाका विभिन्न ठाँउहरुमा सलह किरा देखा परेपछि किसानहरु खेतवारीमा सलह धपाउन कलह गरिरहेका छन् ।
विभिन्न स्थानीय तहहरुमा शुक्रबारदेखी सलह किराको झुण्ड देखिएपछि किसानहरु चिन्तित हुदै बारीमा सलह किरा धपाउन ठुलो कोलाहल गरिरहेका छन् ।
शुक्रबार डडेल्धुराको भित्री मधेशक्षेत्र परशुराम नगरपालिकाको वडा नं. ७ सादनीमा देखा परेको सहल किरा शनिबार जिल्लाकै भागेश्वर गाउपालिका वडा नं. ३ बोगटा र अजयमेरु गाउ पालिका १ मुद्राडमा देखा परेको छ ।
शुक्रबार परशुरामको सादनीमा ठुलो संख्यामा सलह किरा देखा परेपछि त्यस क्षेत्रका किसानहरु चिन्तित भएको थिए, सलह भगाउन कृषकहरुले ठुलो आवाज निस्किने सामाग्रीहरुको प्रयोग गरेका छन् । ठुलो संख्यामा देखिएका सलह किरा होहल्ला गर्दा पनि नभाग्ने गरेको सादनीका किसान कालुसिह साउँदले बताएका छन् ।
शनिबार जिल्लाको अजयमेरु गाउँपालिका १ मुद्राड र भागेश्वर गाउपालिका पनि सलह किरा देखा परेको छ । ठुलो झुण्डमा देखिएको सलह किराले खेतीपाती नष्ट गर्ने भन्दै कृषकहरु चिन्तित भएको छन् ।
एकातिर जंगली जनावर बदेलले वालीनाली सखाप पार्दै आएको छ अर्कातिर ठुलो झुण्डमा आएको सलह किराले बालि नष्ट गर्ने देखिएपछि भोममरी आउन सक्ने स्थानीयहरुले बताएका छन् ।
रोपाई गरेको रोपाई गरेको धान वाली भन्दा मकै वारीमा सहल किरा बढी सक्रिय देखिएकोले मकैवारीलाई बढी ध्यान दिनुपर्ने कृषि प्राविधिकहरुले सुझाव दिएका छन् ।















प्रतिक्रिया