
काठमाडौँ, ३ साउन । मुगुको सोरु गाउँपालिकाका खरिदार ईश्वरबहादुर सिंह ज्यान मार्ने उद्योगमा पक्राउ परेका छन् ।
शनिबार जिल्ला अदालतले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी गरेपछि सोरुकोट प्रहरी चौकीको टोलीले उनलाई पक्राउ गरेको हो ।
सिंहविरुद्ध गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत परशुराम उपाध्यायले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए । उपाध्यायमाथि गत असोजमा केही व्यक्तिले आक्रमण गरि सख्त घाइते बनाएपछि सिंहविरुद्ध किटानी जाहेरी दिएका हुन् ।















प्रतिक्रिया