७ मंसिर २०८३, सोमबार

बगालेलाई कोरोना डिफेन्स अवार्ड

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । सञ्चार माध्यममार्फत विभिन्न देशमा बैदेशिक रोजगारीमा रहेका र कोरोनाको समस्याबाट पिडित बनेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघलगायत विभिन्न संघ संस्थासँगको सहकार्यमा उद्दारमा योगदान गरेको भन्दै पत्रकार  रामजी बगालेलाई कोरोना डिफेन्स अवार्ड–२०२०’बाट सम्मानित गरिएको छ ।

उनीसँगै विविध क्षेत्रका १७ जनालाई उक्त अवार्ड प्रदान गरिएको हो । राजधानीमा भएको एउटा कार्यक्रममा प्रमुख अतिथि रहेका जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अवार्ड प्रदान गरेका हुन् ।

अवार्ड छनोटका लागि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलियाको संयोजकत्वमा नेपाल एयरलाइन्सका सञ्चालक समिति सदस्य फुर्वा ग्याल्जेन शेर्पा, वरिष्ठ पर्यटन व्यवसायी गोपाल बाबु श्रेष्ठ, रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने र रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला सम्मिलित पाँच सदस्यीय समिति गठन गरिएको थियो ।