
काठमाडौं, ३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।
नेकपाको विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुन लागेको हो । सचिवालय बैठक दिउँसो तीन बजे बस्नेछ ।
स्थायी समितिको बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीकाे राजीनामा माग गरेपछि विवाद भएकाे थियाे ।
शुक्रबार ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा स्थायी समिति बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।















प्रतिक्रिया