शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

इंग्लिस प्रिमियर लिगमा वेस्टह्याम रेलिगेशनबाट जोगियाे

दैनिक नेपाल २०७७ साउन ३ गते ७:३१

लण्डन, ३ साउन । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम रेलिगेशनबाट जोगिएको छ ।

शुक्रबार राति भएको खेलमा वार्टफोर्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै यो सिजन वेस्टह्याम जोगिएको हो ।

वेस्टह्यामको जितमा मिचेल एन्टोनियो, टोमा सौक र डेक्लान रइसले एक एक गोल गर्दा टोरी डेनीले वार्टफोर्डका लागि एक गोल फर्काएका थिए ।

खेल सुरु भएको छैटौं मिनेटमा एन्टोनियोले गोल गर्दै वेस्टह्यामका लागि अग्रता दिलाएका थिए । यसैगरी दशौं मिनेटमा सौकले गोल गर्दै अग्रता दोब्बर बनाए । ३६ औं मिनेटमा रइसले गोल गर्दै ३–० को अग्रता दिलाए ।

सुरुदेखि दबाबमा राखेको वेस्टह्यामले पहिलो हाफमा ३–० को अग्रता लिन सफल भयो । पहिलो हाफमा वाटफोर्डलाई दबाबमा राखेको वेस्टह्यामले दोस्रो हाफमा भने थप गोल गर्न सकेन । उल्टै वाटफोर्टका लागि डेनीले ४९ औं मिनेटमा एक गोल फर्काएका थिए ।

त्यसपछि थप गोल नभएपछि वेस्टह्याम विजयी भयो । जितसँगै प्रिमियर लिगमा ३७ अंक बनाउँदै वेस्टह्याम १५ औं स्थानमा रहँदा वाटफोर्ड भने ३४ अंकका साथ १७ औं स्थानमा छ । वाटफोर्डलाई रेलिगेशनबाट जोगिन संघर्ष गर्नुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित