राेल्पा, ३ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका रोल्पा जिल्लाका अध्यक्ष कमल थापा ‘बिजुली’ पक्राउ परेका छन् ।
रोल्पाका प्रहरी प्रवक्ता निरीक्षक शंकर खड्काले स्मृति गाउँपालिका वडा नम्बरको ६ बाट थापालाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले पक्राउ परेका थापालाई थुनामा राखेर अनुसन्धान शुरु गरेकाे जनाएकाे छ ।
अध्यक्ष थापालाई एनसेल टावरमा क्षति पुराएको र सरकारी कार्यालयमा चन्दा असुली गरेको कसुरमा अनुसन्धान थालिएको रोल्पा प्रहरीले जनाएको छ ।
थापा पूर्व माओवादीका लडाकु हुन् । माओवादी पार्टी विभाजन भएपछि उनी विप्लव समूहमा सक्रिय हुँदै आएका थिए ।











प्रतिक्रिया