१२ कार्तिक २०८३, बिहिबार

कैलालीमा करेन्ट लागेर मजदुरकाे मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ३ साउन । कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजमा कार्यरत एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

गोदावरी नगरपालिका वडा नम्वर ५ मा निर्माणाधीन गेटा मेडिकल कलेजमा कार्यरत कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ बस्ने १७ बर्षीय रविन्द्र बमको करेन्ट लागेर मृत्यु भएको हो ।

शुक्रवार साँझ ५ बजे रड काट्ने मेसिन साइड लगाउने क्रममा करेन्ट लागेर बम घाइते भएका थिए । उनकाे उपचारका क्रममा धनगढीस्थित नोभा अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।