
काठमाडौँ, २ साउन । बैंकबाट अब घर कर्जा लिन सजिलो हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले घर कर्जामा आंशिक खुकुलो गर्दै सरकारबाट अनुमति प्राप्त आवास परियोजनामा कर्जा सहुलियत दिने भएको हो ।
शुक्रबार आएको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले कर्जा सुरक्षण अनुपात ६० प्रतिशत बनाएको छ । यसअघि अनुपात ५० प्रतिशत थियो ।
जसअनुसार अब धितोका मूल्यांकन १ करोड भए ६० लाखसम्म ऋण लिन सकिने भएको हो ।
यस्तो सुविधा उपभोगका लागि सरकारबाट मान्यता प्राप्त घर जग्गाको कारोबार गर्ने व्यवसायीबाट घर किन्नुपर्छ ।
तर व्यक्तिगतरुपमा आवास ऋण लिनेको लागि भने कर्जा सुरक्षण अनुपात ७० प्रतिशतबाट घटाएर ६० प्रतिशत बनाइएको छ ।















प्रतिक्रिया