५ कार्तिक २०८३, बिहिबार

समुदायमा कोरोना फैलिएको छैन, तर सतर्क बनौँ : स्वास्थ्य मन्त्रालय

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ साउन । काठमाडौँ उपत्यकामा समुदायमा कोरोनाभाइरस संक्रमण नफैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा समुदायमा संक्रमण फैलिएको आशंकामा गरिएको परीक्षणमा ३ जनामा कोरोना देखिएको बताए ।

४ हजार ८ सय जनाको नमुना संकलन गरिएकोमा ३ जनामा संक्रमण देखिएको हो ।

प्रवक्ता गौतमका अनुसार संक्रमण भेटिएका ३ जनामध्ये २ जना विदेशबाट आएका र एक जना ब्युटिपार्लर सञ्चालक रहेका छन् ।

यही नतिजा हेर्दा पनि समुदायस्तरमा कोरोनाभाइरस संक्रमण नफैलिएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।  त्यस्तै, गौतमले कोरोना संक्रमणको दर घट्दैमा कोरोना जोखिम भने नघटेको बताएका छन् ।

उनले भने, ‘विभिन्न अध्ययनहरुले बढी भिडभाढ हुने स्थानमा कोरोनाभाइरस एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने देखिएको छ ।’

विभिन्न स्थानमा बढेको भिडभाडले भने मन्त्रालय चिन्तित बनेको उनले बताए । उनले त्यस्ता ठाउँहरुमा हिँड्दा अनिवार्य मास्क लगाउन, कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्न, पटक पटक हात धुन अनुरोध गरेका छन् ।

त्यस्तै, उनले कोरोनाविरुद्धको लडाईँ जारी नै रहेको पनि जनाए ।