
काठमाडौँ, २ साउन । एन्फाका पूर्वअध्यक्ष गणेश थापाले खेल पत्रकारमाथि दुर्व्यवहार गरेका छन् ।
थापाले खेल पत्रकार प्रकाश तिमिल्सिनालाई दुर्व्यवहार गरेको भन्दै खेलकुद पत्रकार मञ्चले विरोध जनाएको छ ।
बिहीबार साँझ समाचार संकलनका लागि फोनमा कुरा गर्ने क्रममा थापाले हाम्रो खेलकुद डटकमका सम्पादक तिमिल्सनालाई गाली गलौज गरेको मञ्जले जनाएको छ ।
त्यसपछि थापाका छोरा अभिषेक थापाले समेत कार्यालयमै गई विवाद गरेका थिए ।
मञ्चले नेपाल पत्रकार महासंघ, अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ र एआईपीएस एसियाको समेत ध्यानाकर्षण गराउँदै खेलकुद पत्रकारको सुरक्षाको माग गरेको छ ।















प्रतिक्रिया