५ कार्तिक २०८३, बिहिबार

हत्यामा संलग्नलाई १४ वर्षपछि पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ साउन । प्रहरीले हत्याको घटनामा संलग्न भनिएका झापाको मेचीनगर नगरपालिका ५ का पुण्यबहादुर विश्वकर्मालाई १४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

उनलाई झापाको टागनडुब्बा गाउँपालिका निवासी नत्थु विश्वकर्माको कुटपिटबाट हत्या भएको घटनामा पुण्यप्रसादको संलग्नता देखिएको थियो ।

२०६३ साल चैतमा नशाले मातेको अवस्थामा पुण्यप्रसादले कुटपिट गर्दा नत्थु गम्भीर घाइते भएका थिए । घाइते भएका उनलाई विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका लागि पु¥याइएको थियो । जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

कुटपिटपछि भागेका पुण्यप्रसाद नत्थुको मृत्यु भएयता फरार रहँदै आएका थिए । तर, उनलाई पुलिसले मेचीनगर नगरपालिकाकै इँटाभट्टा चोकमा लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।