
काठमाडौँ, २ साउन । खोटाङका ११ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएका छन् ।
यससँगै जिल्लाका सबै कोरोना संक्रमितले कोरोना जितेका हुन् । निको हुनेमका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छ जना, हलेसी तुवाचुङ नगरपालिकाका चार जना र ऐसेलुखर्क गाउँपालिकाका एक जना संक्रमित उपचारपछि फरक–फरक समयमा घर फर्किएका हुन् ।
हालसम्म उपचारमा रहेका २ जना पनि निको भएसँगै जिल्लाका सबै ११ जना संक्रमित डिस्चार्ज भएका जिल्ला प्रशासनले जानकारी दिएको छ ।
खोटाङमा ६५५ जनाको पिसिआर परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।















प्रतिक्रिया