२ कार्तिक २०८३, सोमबार

अमेरिकामा २४ घण्टाभित्रै पाैने लाख कोरोना संक्रमित थपिए

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, २ साउन । संयुक्तराज्य अमेरिकामा गत २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा त्यहाँ अहिलसम्मकै बढी ७३ हजार ३ सय संक्रमित थपिएका हुन् ।

योसँगै अमेरिकामा संक्रमितको संख्या ३६ लाख ९४ हजार नाघेको छ । जसमध्ये १६ लाख ७५ हजार उपचारपछि निको हुँदा १ लाख ४१ हजार संक्रमितले ज्यान गुमाएका छन् । गत २४ घण्टामा त्यहाँ ९ सय ६२ संक्रमितको मृत्यु भएको छ ।

अमेरिकामा अहिले १८ लाख ७८ हजार संक्रमितको उपचार जारी छ । जसमध्ये १६ हजार ४ सय संक्रमितको अवस्था गम्भीर रहेको छ ।

अमेरिकापछि तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको ब्राजिलमा बितेको २४ घण्टामा ४३ हजार ८ सय नयाँ संक्रमित थपिँदा १ हजार २ सय ९९ जनाले ज्यान गुमाएका छन् ।

योसहित त्यहाँ संक्रतिमको कूल संख्या २० लाख १४ हजार नाघेको छ । अहिलेसम्म ब्राजिलमा १३ लाख ६६ हजार निको हुँदा ७६ हजार ८ सय संक्रमितले ज्यान गुमाएका छन् ।

भारतमा बिहीबार ३५ हजार ४ सय व्यक्तिमा कोरोना पुष्टि भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १० लाख ५ हजार नाघेको छ । अहिलेसम्म भारतमा ६ लाख ३६ हजार निको हुँदा २५ हजार ६ सय संक्रमितको मृत्यु भएको छ ।

विश्वका २ सय १५ देशमा फैलिसकेको यो भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ३९ लाख ३७ हजार नाघेको छ । जसमध्ये ८२ लाख ६८ हजार निको हुँदा ५ लाख ९१ हजार संक्रमितले ज्यान गुमाएका छन् ।