काठमाडाैं, २ साउन । पटकपटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक शुक्रबार बस्दैछ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको राजीनामा माग भएपछि बढेको विवादका कारण बैठक स्थगित हुँदै आएको थियो ।
असार १७ यता चार पटकसम्म स्थगित स्थायी समिति बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
नेकपाका शीर्ष नेताहरूले सहमतिको प्रयास गरे पनि अझै टुंगिएको छैन । विवाद मिलाउनभन्दै केन्द्रीय कमिटीकाे बैठक बाेलाउने तयारी पनि भएकाे छ ।















प्रतिक्रिया