शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडसँग क्रिस्टल प्यालेस पराजित

दैनिक नेपाल २०७७ साउन २ गते ७:४३

लण्डन, २ साउन । इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पर्दै आगामी सिजनको युरोपियन च्याम्पियन्स लिगमा छनोट हुने म्यानचेस्टर युनाइटेडको आसा कायमै छ।

अंक तालिकाको पाँचौ स्थानको म्यानचेस्टरले बिहीबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २-० गोलले पराजित गर्‍यो। म्यानचेस्टरको जितमा रास्फोडले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दा मार्टियलले ७८ मिनेटमा अग्रता दोब्बर पारे।

लिगको अर्को खेलमा चौथो स्थानको लेस्टरले सेफिल्ड युनाइटेडलाई २-० ले हरायो। लिगमा लिभरपुलले उपाधि जितिसकेको छ भने म्यनचेस्टर सिटीले पनि दोस्रो स्थान हात पार्ने पक्का गरिसकेको छ।

अब तेस्रो स्थानको चेल्सी, चौथो स्थानको लेस्टर र पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडबीच शीर्ष चारमा पर्ने प्रतिस्पर्धा छ। अन्तिम दुई खेलअघि चेल्सीको ६३ अंक छ भने चौथो स्थानको लेस्टर र पाँचौ स्थानको युनाइटेडको ६२-६२ अंक छ।

लेस्टर र युनाइटेडबीच लिगको अन्तिम खेलमा प्रतिस्पर्धा गर्ने हुँदा शीर्ष चारको प्रतिस्पर्धा अझ रोचक हुने सम्भावना छ।

प्रतिक्रिया
सम्बन्धित