इटहरी, २ साउन । लामो समयदेखि सुनसरीको रामधुनी नगरपालिकाका ज्वेलर्स सञ्चालन गर्दै आएका एक ब्यापारी झुण्डिएका छन् ।
रामधुनी झुम्कामा ओम महालक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएका जितेन्द्र श्रेष्ठ आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा बिहीबार मृत भेटिएका हुन् ।
झुम्कामा धेरै चल्ने मध्येको उनले सञ्चालन गरेको ज्वेलर्स पनि एक हो ।
श्रेष्ठ के कारणले झुण्डिए भन्ने विषयमा आफूहरू अन्योलमा रहेको झुम्काका स्थानीय अगुवा डिल्ली कार्कीले बताए ।















प्रतिक्रिया