५ कार्तिक २०८३, बिहिबार

तत्काल केन्द्रीय समिति बोलाउनुपर्ने प्रचण्ड-नेपाल समूहको निष्कर्ष

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ साउन । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा नेता माधव कुमार नेपाल समूहको छलफलले केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा सहमति नभएपछि बसेको प्रचण्ड र नेपाल समूहको छलफलले केन्द्रीय समितिको बैठक राख्नुपर्ने बताएको हो ।

पार्टीको गतिरोध अन्त्यका लागि बिहीबार बालुवाटारमा प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालबीच छलफल भएको थियो ।

छलफलमा सहमति नजुटेपछि प्रचण्ड–माधव समूहका सचिवालय सदस्य एवं स्थायी कमिटी सदस्यहरु खुमलटारमा भेला भएका थिए ।

उनीहरुले झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलसहित छलफल गरेका थिए ।

खुमलटार स्रोतका अनुसार नेताहरुबीच सहमति नभएपछि तत्काल केन्द्रीय समिति बोलाउनुपर्ने माग उठेको बताइएको छ ।

छलफलमा भोलि बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकको मिति तय गर्न जनाइएको छ ।