
काठमाडौँ, १ साउन । सरकारले साउन २१ गतेदेखि हवाई उडान सञ्चालन गर्न सकिने जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिने जनाएको हो ।
चैत ९ गतेदेखि बन्द भएको उडान पुनः सुचारु पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा गठन भएको अध्ययन समितिले बिहीबार प्रतिवेदन बुझाउँदै यस्तो जनाएको हो ।
समितिले पर्यटनमन्त्री योगेश भट्टराईलाई प्रतिवेदन बुझाउँदै आन्तरिक उडान साउन २१ गते र अन्र्राष्ट्रिय उडान भदौ १ गतेदेखि सञ्चालन गर्न सकिने सुझाव दिएको हो ।















प्रतिक्रिया