
काठमाडौँ, १ साउन । पशुपति विकास कोषले पशुपतिमा कार्यरत भट्टहरूलाई हटाउने कुनै सोच नभएको बताएको छ ।
कोषले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
पशुपति विकास कोषले विभिन्न सञ्चारमाध्यममा पशुपतिका भट्टहरुलाई हटाउने समाचार आएपछि त्यसको खण्डन गरेको हो ।
’नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोष कसैको पनि यस खालको सोच नरहेको जानकारी गराउन चाहन्छौं ।’, विज्ञप्तिमा भनिएको छ ।
’नेपाल र भारतबीच सदियौंदेखि जनस्तरसम्म धार्मिक, आध्यात्मिक, सामाजिक र साँस्कृतिकरूपमा रहेको प्रगाढ सम्बन्धलाई धुमिल गर्न कतिपय शक्तिहरू सक्रिय रहेको हुँदा त्यस्ता भ्रामक समाचारको पछाडि नलाग्न अनुरोध गर्दछु,’ कोषका सदस्य सचिव प्रदीप ढकालद्वारा विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया